प्रधानमन्त्रीको प्रश्न – यो देश प्रचण्डको स्वार्थको पछि सती जानुपर्ने हो ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीको प्रश्न – यो देश प्रचण्डको स्वार्थको पछि सती जानुपर्ने हो ?


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले निवेदन दर्ता गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयको बचाउ गर्दै अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने बताए ।

माओवादी केन्द्र पुनरावलोकनका लागि गएकोमा चर्को आल‍ोचना गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अदालत मजाक गर्ने ठाउँ हो ?’

ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।

उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’

उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको पनि बताए । तर, त्यो विषयलाई प्रचण्डले अखबारवाजी गरेको आरोप लगाए ।

‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको उनको जिकिर थियो ।

‘आधा-आधा भनेको थियो खोइ त भन्छन् ? त्यो सहमति बिचैमा च्यातेर पाँच वर्षै तपाईं गर्नुस भनेको होइन उहाँले ? यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको पछि सती जानुपर्ने हो ?’ उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०