म्यानमार भइरहेको सैन्य दमनको विरोधमा काठमाडौँमा प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

म्यानमार भइरहेको सैन्य दमनको विरोधमा काठमाडौँमा प्रदर्शन (फोटो फिचर)


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानमारमा सैन्य कू पछि जारी आन्दोलन दबाउन भइरहेको सैन्य दमनको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।

सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको हो ।

मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरूको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो ।

समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०