स्वेज नहरमा अवरुद्ध पानी जहाज र विश्व अर्थतन्त्र « Khabarhub
Logo
४ बैशाख २०७८, शनिबार

स्वेज नहरमा अवरुद्ध पानी जहाज र विश्व अर्थतन्त्र



स्वेज नहरमा फसेको एउटा विशाल कन्टेनर बोकेको पानी जहाजका कारण विश्व अर्थतन्त्रमा आएको समस्या शनिबारदेखि झनै बढ्दै गएको छ । उक्त जहाजका कारण अर्बौं डलर बराबरको समान गन्तव्यमा पुग्नबाट रोकिएको छ । स्वेज नहरमा आएको अड्चन हटाउन सहयोग गर्न अमेरिकी नौसेना समूह यसै हप्ता आउने अपेक्षा गरिएको छ ।

यसैबीच, कन्टेनरसहितको पानी जहाज धुलो र आँधीहुरीका कारण नहरमा फसेको भन्ने कुरा इजिप्टका अधिकारीले पहिलो पटक अस्वीकार गरेका छन् ।

प्रारम्भिक अनुसन्धानपछि प्राप्त विवरणका आधारमा अधिकारीहरूले आँधीहुरी र धुलोका कारण मात्रै यस्तो अवस्था सिर्जना भएको हुन नसक्ने बताएका हुन् ।

स्वेज नहर प्राधिकरणका प्रमुख रहेका लेफ्टिनेन्ट जर्नेल ओसामा याबीले एक पत्रकार सम्मेलनमा शनिबार यस्तो ‘विशेष अवस्था’ धेरै कारणले निम्तिने बताएका छन् ।

‘मौसम एक कारण थियो तर प्राविधिक समस्याका कारण पनि यस्तो भएको हुनसक्छ, अथवा मानवीय गल्तीका कारण’, उनी भन्छन् समस्या आएको स्थानमा हामी अनुसन्धान गरिरहेका छौँ ।

शनिबारसम्म पूर्ण विकसित आर्थिक आपतकालीन अवस्थाको सम्भावना कम थियो । स्वेज नहर विश्व अर्थतन्त्रको लागि एक महत्त्वपूर्ण स्थान हो । उक्त नहर हुँदै विश्व बजारमा पुग्ने १३ प्रतिशत सामग्री ढुवानी हुन्छ, जसमा प्रत्येक दिन ९ दशमलव ५ बिलियन अमेरिकी डलर बराबरको सामान हुन्छ ।

कुल ३२१ कन्टेनरमा स्वेज नहरमा अड्किएका छन् जसमा कच्चा तेल, कार, पशुजन्य लगायत अन्य सामग्री छन् । दुवैतर्फको १२० माइल क्षेत्रमा र मध्य भागमा ट्राफिक जाम भएको स्वेज नहरमा सेवा प्रदान गर्ने लेथ एजेन्सीले जनाएको छ ।

दुई दिन अघिसम्म यो संख्या २५६ थियो ।

इस्मालिया शहर र स्वेज नहरबीच शनिबार ठूलो संख्यामा कन्टेनर सहितका पानी जहाज लामबद्ध थिए । यस्तो देखिन्थ्यो कि यसरी लामबद्ध पानी जहाज बढ्ने क्रममा छन् ।

रेड र भूमध्यसागरबाट थप एक सय पानी जहाज स्वेज नहरतर्फ आउँदै थिए भन्छन् एक विश्लेषक । बढ्दो संख्यामा अफ्रिकाको दक्षिण क्षेत्रमा जहाज घुमिरहेका थिए ।

जहाजको संख्या बढ्दै गएको अवस्थामा नहरबाट पूर्णरूपमा जहाज हटाउन हप्तौँ लाग्ने चिन्ता पनि व्यक्त गरिएको छ । जाममा परेका पानी जहाजलाई समुद्रको एक छेउमा लामबद्ध तरिकाले राखिएको छ । यसरी जाममा परेका जहाज नहर प्रवेश स्थानको दक्षिणी दिशातर्फ चार माइल परसम्म पानी, बालुवा र माटोमा राखिएका छन् ।

शुक्रबार एक जपानी पानी जहाज कम्पनी ‘सोई किशन’ ले एउटा सुझाव दिँदै केही आशा जगाउने कोशिस गरेको थियो । उसले आगामी केही दिनका लागि ज्वारभाटका गतिविधि केही अनुकूल रहेको बताएको थियो ।

‘योकितो हिगाकी कम्पनी’ का मालिकले पश्चिम जपानमा पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘समुद्रको ठूलो छालले अहिलेको गतिरोध हटाउन सक्छ ।’ उनले छाल आएको अवस्थामा नहरमा पानीको मात्रा बढ्ने र माटोमा रहेका जहाज पानीमा लैजान सहज हुने बताएका थिए ।

शनिबार १४ वटा पानी जहाजले कन्टेनर सहितका पानी जहाज निकाल्ने प्रयास गरेका लेथ एजेन्सीले बताएको छ ।

सोई किशन कम्पनीले आफ्नो शनिबारको विज्ञप्तिमा भनेको छ कि, यदि बढ्दो छालले पनि कन्टेनरलाई स्वतन्त्र बनाउन सकेन भने उसले आफ्नो जहाजमा रहेको कन्टेनरको तौल घटाउन सामान झिक्नेछ । यसो गर्दा पानी जहाज तैरिन सहज हुने उसको विश्वास छ ।

शनिबार स्वेज नहर आर्थिक केन्द्रका प्रवक्ता हेथ फथी हुसेनले आफ्नो फेसबुक पोस्टमा जहाजको केही भाग फेरि हल्लिन थालेको लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘पानी जहाजका स्वचालित यन्त्र चल्न थालेका छन्, जहाजको मेशिन चल्न थालेको छ तर तैरिन भने सकेको छैन’, उनले भनेकी छन् ।

स्वेज नहर प्राधिकरणका रेबईले शुक्रबार राती एक वक्तव्य निकाल्दै भने, ‘जटिल प्राविधिक प्रक्रिया’ भएकाले इभर गिभन (कन्टेनर सहित फसेको पानी जहाज) निकाल्न धेरै प्रयास गर्नुपर्छ ।’ यो जहाज नेदरल्यान्डतर्फ गइरहेको थियो ।

अमेरिकाले कन्टेनरसहितको जहाज निकाल्न सहयोग गर्ने बताएको केही घण्टापछि स्वेज नहर प्राधिकरणका तर्फबाट यस्तो वक्तव्य आएको थियो ।

राष्ट्रपति बाइडनले पत्रकारहरू माझ भनेका थिए, ‘हामीसँग भएको उपकरण र क्षमता प्रायः अन्य देशसँग छैन, हामीले कस्तो सहयोग गर्न सक्छौँ र हामी कसरी सहयोगी हुन सक्छौँ भनेर हेर्दै छौँ ।’

अमेरिकाले नैसेनाले आफ्नो एक समूह घटनास्थलमा यो हप्ताको शुरूवातमा पठाउँदै समस्या जानकारी लिने प्रयास गर्ने पेन्टागन स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जहाजका कर्मचारीको व्यवस्थापन गर्न जिम्मेवारी पाएको ‘बर्नहाल्र्ड शुल्त्’ नामक कम्पनीले आफ्नो वक्तव्यमा ‘प्रारम्भिक अनुसन्धानमा जहाज अड्किनुनमा प्रदूषण अथवा कार्गो बिग्रिने केही कारण नभएको’ उल्लेख गरेको छ ।

आइतबारसम्म अड्किएको कन्टेनर सहितको जहाज निकाल्न ठूलो जहाज त्यहाँ आइपुग्ने तालिका रहेको उसले आफ्नो वक्तव्यमा जनाएको थियो ।

‘हाम्रो प्रमुख उद्देश्य नै जहाज वरिपरि रहेको माटो र बालुवा निकाल्नु हो,’ उसले भनेको छ । कम्पनीले ल्याएको ठूलो घनत्वको पम्पको प्रयोग गरेर जहाजमा रहेको पानीको सतह घटाउने उनीहरू बताउँछन् । उनीहरू जहाजको वजन कम गर्दै त्यसलाई सञ्चालन योग्य बनाउने आफूहरूको सोच रहेको बताउँछन् ।

स्वेज नहरले जहाज नहरबाट निकाल्न आफ्ना दुई पाइलट पनि खटाएको छ । जहाज अड्किँदा जहाज सञ्चालन समूहमा २५ व्यक्ति रहेका थिए र ती सबै भारतीय थिए । उनीहरू सकुशल छन् । ‘हामी जहाज निकाल्न सम्बद्ध सबै निकायसँग सहकार्य गरिरहेका छौँ,’ कम्पनीले भनेको छ ।

धेरै शिपिङ कम्पनी छिट्टै अवरुद्ध बाटो सञ्चालनमा आउने झिनो विश्वास व्यक्त गर्छन् ।

समुद्रमा कन्टेनरको अवस्था जाँच गर्ने ट्रेसिङ डाटाले कन्टेनरहरू स्वेजको अड्चनबाट पार पाउन दक्षिण अफ्रिका हुँदै एसिया आउने लामो बाटो प्रयोग गरिरहेका छन् ।

उनीहरू स्वेज नहर कहिले सञ्चालनमा आउँला भनेर कुर्नुको सट्टा लामो बाटो प्रयोग गरिरहेका छन् । नैसेनाका विश्लेषक लियोडले शुक्रबार यस सम्बन्धी एक सूची ट्वीट गरेका छन् ।

यो सूचीमा एभर गिभनको भगिनी जहाज, एभर ग्रिट पनि रहेको छ । मलेशियाबाट युरोपतर्फ जाँदै गरेको यो जहाजलाई सम्भवतः उसको जापानी मालिक अथवा जहाज सञ्चालन गर्ने ताइवानी कम्पनीले दिशा परिवर्तन गराएको स्याटलाइट डाटाबाट पत्ता लागेको छ ।

स्वेज नहर विश्व अर्थतन्त्रको लागि एक महत्त्वपूर्ण स्थान हो । उक्त नहर हुँदै विश्व बजारमा १३ प्रतिशत सामग्री ढुवानी हुन्छ । प्रत्येक दिन ९ दशमलव ५ बिलियन अमेरिकी डलर बराबरको सामान हुन्छ ।

नहरको नजिक रहेको साँघुरो प्रवेशद्वार र त्यहाँ अड्किएको कन्टेनर सहितको जहाजका कारण विश्व वितरण प्रणालीमा ठूलो असर पुगेको छ । खासगरी कोरोना महामारीबाट प्रभावित विश्व अर्थतन्त्रलाई यो घटनाले थप प्रभावित बनाउने देखिन्छ ।

त्योभन्दा पनि महत्त्वपूर्ण विषय कन्टेनरमा रहेको औद्योगिक उत्पादनका कच्चा सामग्री, औषधि उत्पादन गर्न आवश्यक पर्ने लगायतका सामग्री अड्किएको छ । यसले गर्दा उद्योगहरूले कच्चा सामग्रीको अभाव त झेल्ने छन् नै खाली कन्टेनरको पनि अभाव हुने देखिएको छ ।

पानी जहाजको कन्टेनरमा रहेका धेरै उत्पादित सामग्री चीनबाट अमेरिका र उत्तर युरोपतर्फ जाँदै थिए ।

(सुदर्शन राघवन द वासिङ्टन पोस्टका कायरो ब्यूरो चिफ हुन् । २८ मार्च २०२१ मा द वासिङटन पोस्टमा प्रकाशित उनको यो आलेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0