क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुँदै | Khabarhub Khabarhub

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुँदै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुने भएको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा निर्माणाधीन रंगशालामा आगामी माघ २४ गते क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार नेपाली फिल्म, संगति र खेलकुदका २२–२२ जनाको समूहमा क्रिकेट टिम निर्माण गरिनेछ । जसमा एक टिमको नेतृत्व सीताराम कट्टेल ‘धुर्मुस’ र अर्को टिमको नेतृत्व कुञ्जना घिमिरे ‘सुन्तली’ले गर्नेछन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।

प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम रंगशाला निर्माणमा प्रदान गरिने आयोजक संस्थाका प्रमुख गेहेन्द्र घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ३८ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३