मेयर दाहालप्रति ओलीको कटाक्ष : सायद पिकनिक खान जानु भयो होला कतै | Khabarhub Khabarhub

मेयर दाहालप्रति ओलीको कटाक्ष : सायद पिकनिक खान जानु भयो होला कतै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा विकास निर्माणका ठूला ऐतिहासिक कामको शिलान्यासमा स्थानीय सांसद तथा भरतपुर महानगरपालिकाका मेयरको अनुपस्थितिप्रति आपत्ति जनाएका छन्।

ओलीले जिल्लाभरबाट नागरिकहरूको सहभागिता रहेको कार्यक्रममा चितवनका तीन जना सांसद र भरतपुरकी मेयर रेणु दाहालको अनुपस्थिति रहनु जनतामाथिको बेवास्ता भएको बताए ।

उनले भने, ‘तपाईंहरूले तीनजना सांसद छान्नुभएको थियो। आज उहाँहरू खोई ? तिनिहरूलाई तपाइँहरू चाहिएन, अब तपाइँहरूलाई तिनीहरू चाहिन्छ ?’

उनले भरतपुर महानगरपालिकाकी मेयर दाहालमाथि कटाक्ष गर्दै उनी पिकनिक खान गएको तर्क गरे ।

‘यस महानगरपालिकामा अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि ! खोइ तपाइँहरुको मेयर यहाँ त छैन ?’, ओलीले भने, ‘तपाइँहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्। सायद मेयर पिकनिक खान जानु भयो होला कतै ?’

उनले संघीय सरकारले दिएको बजेटमा बन्दै गरेका सिटी हल र सडक शिलान्यासको प्रसंग पनि जोडे। ‘संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त ?’, उनले भने।

जनसभाअघि ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गरेका थिए। उनले पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक-गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गरेका थिए।

उक्त शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड-नेपाल समूहले आपत्ति जनाउँदै सहभागिता जनाएको थिएन । भरतपुर महानगरपालिकाकी दाहालले यी आयोजना महानगरपालिकाको पहलमै बजेट ल्याएर अघि बढाएको दाबी गरेकी थिइन ।

सम्बोधनकै क्रममा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराए । उनले अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताएका छन्। अध्यक्ष ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको समेत बताए ।

आफूहरू देश बनाउने अभियानमा जुटेको तर पार्टीबाट विभाजित भएर जानेहरू आफ्नै दुनो सोझ्याउन लागिरहेको उनले आरोप लगाए।

उनले भने , ‘तीनवटा प्रधानमन्त्री लौरो टेकेर लुखुरलुखुर देशमा लाइन लागेर हिडनुभएको छ, बुढेसकालमा’, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो, तर राम्रो छैन। देश सखाप पार्ने मनसाय उहाँहरूको छ।’

यसैबीच प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मितिमै निर्वाचन हुने ठोकुवा गरे । आगमी वैशाख १७ गते पहिलो चरण र वैशाख २७ गते दोस्रो चरणको निर्वाचन हुने उनले  ठोकुवा गरेका हुन ।

जनताको माझमा जान डराउने व्यक्तिहरुले यो निर्वाचन हुँदैन भनेर भ्रम छर्ने काम गरेका ओलीले आरोप लगाए । कतिपय व्यक्तिले सरकारले घोषणा गरेको चुनाव अलमल्याउनका लागि हो भनेर भनिरहेको भन्दै प्रधानमन्त्रीले ती व्यक्तिहरु अल्मलिँदै गर्ने तर चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए । उनले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने भन्दै जनतालई धोका नदिनेसमेत बताए । जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको समेत उनले बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ५२ बजे

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौं–  संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले