सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि स‌ंघीय सरकारले ठूलो अन्याय भएको आरोप लगाए ।

मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुभयो उहाँले ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ४२ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती