एमाले महाधिवेशनबारे माधव नेपालको कटाक्ष : चितवनमा कुम्भ मेला प्रदर्शन (भिडियो) | Khabarhub Khabarhub

एमाले महाधिवेशनबारे माधव नेपालको कटाक्ष : चितवनमा कुम्भ मेला प्रदर्शन (भिडियो)


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेको छ ।

राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले फरक मत राख्ने व्यक्तिहरुमाथि चितवनमा भएको अत्याचारले नेकपा एमालले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लागाए । उनले नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको बताउँदै नेकपा एमाले कम्युनिष्ट पार्टी हुन नसक्ने तर्क गरे।

अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुबीच गठबन्धन भएको बताउँदै आफूहरुको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे। समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुत लगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भए पनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ४० बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न