माघ २८ मा सौगातको ‘मन्त्र’ | Khabarhub Khabarhub

माघ २८ मा सौगातको ‘मन्त्र’


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन स्टारर फिल्म ‘मन्त्र’को रिलिज मितिसहित पोस्टर सार्वजनिक भएको छ । कोरोना महामारी र लकडाउनका कारण फिल्म प्रदर्शनमा ढिलाई भइरहँदा आगामी माघ २८ गतेलाई यसले प्रदर्शन मिति तोकेको हो ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् को ब्यानरमा बनेको फिल्मका वितरक गोविन्द शाही हुन् । खिलबहादुर गुरुङ निर्देशित फिल्मको फस्टलुकमा सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई स्थान दिइएको छ । फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको हो । फिल्ममा दर्शकले गोरखाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्यहरु हेर्न पाउनेछन् ।

फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पाको पनि अभिनय छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : १८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन