एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध, घोषणा हुन बाँकी | Khabarhub Khabarhub

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध, घोषणा हुन बाँकी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

को हुन् पोखरेल

विक्रम संवत् २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रूपमा जन्मिएका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भू-राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्येका एक मानिन्छन् ।

आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको थियो ।

३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमालेको एमालेको स्थायी कमिटी सदस्य, पार्टि स्कूल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै पूर्वसूचना तथा संचार मन्त्री ।

अनेरास्ववियुको अध्यक्ष, त्रिभुवनविश्व विद्यालयको स्ववियु सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका उनले २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ११ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका