फेसबुकको नाम अब मेटा | Khabarhub Khabarhub

फेसबुकको नाम अब मेटा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फेसबुकले कम्पनीले नाम परिवर्तन गरेको छ ।

फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गले बिहीबार कम्पनीक्व् नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् ।

मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन।’ कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने, ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,।’

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुअल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन