मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ | Khabarhub Khabarhub

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ०९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द