टोकियो ओलम्पिकमा चीनले बनायो विश्व कीर्तिमान | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा चीनले बनायो विश्व कीर्तिमान


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी टोकियो ओलम्पिकमा चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो ।

बिहीबार चीनले ७:४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो ।

याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो । अमेरिकाले ७:४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७:४१.२९ मिनेटसहित कास्यपदक जितेको छ ।

ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १ : ४१ बजे

इटालियन सिरी ए : इन्टर मिलानलाई उपाधि

काठमाडौँ– इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ

आज लोकतन्त्र दिवस : २०६२/०६३ को जनआन्दोलन सफल भएको दिन

काठमाडौं – वैशाख ११ गते, २०६२/०६३ को जनआन्दोलन सफल भएको

कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक

मुम्बईमाथि राजस्थानको शानदार जित : सन्दीपले ५ विकेट लिँदा, जैसवालको शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान

तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल