रुपा सुनार प्रकरण : प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराए ! | Khabarhub Khabarhub

रुपा सुनार प्रकरण : प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराए !


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसहित पाँच वटा मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बबरमहलकी सरस्वती प्रधानमाथि लागेको जातीय विभेदको आरोपका विषयमा सचेत गराएका छन् ।

कोठा भाडामा दिने विषयमा एक जना सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

सोमबार भएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई सचेत गराएको कुरा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले मङ्गलबार पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

कानुनमन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा शिक्षामन्त्री श्रेष्ठले जातीय विभेदमा पक्राउ परेकी प्रधानलाई छुटाएको प्रसङ्ग उठेपछि कानूनन्त्री श्रेष्ठले यस विषयमा प्रधानमन्त्रीले सचेत गराइसकेको बताएका हुन् ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् ।

पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ३६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल