त्रिशुली नदीमा खसेर चालकसहित ट्रक बेपत्ता | Khabarhub Khabarhub

त्रिशुली नदीमा खसेर चालकसहित ट्रक बेपत्ता


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्बरको ट्रक नदीमा आज बिहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च छ ।

चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकिन नभएको र खोजी जारी रहेको बताइएको छ ।

वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । –रासस

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ०१ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन