चोरीका गाडीको नक्कली 'ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ | Khabarhub Khabarhub

चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयारी गरी कारोवार हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।

उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ‘ब्लु बुक’ बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए ।

पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।

पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलोग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

यस्तै प्रहरीले ईटाली पठाईदिन्दु भनी तीन जनासँग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउने एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा उदयपुर घर भइ बुढानीकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ५५ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ