पहिलो दिन न्यून संख्यामा चले सार्वजनिक बस, यात्रु भने खचाखच (फोटोफिचर) | Khabarhub Khabarhub

पहिलो दिन न्यून संख्यामा चले सार्वजनिक बस, यात्रु भने खचाखच (फोटोफिचर)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

दुई महिनादेखिको निषेधाज्ञा थप खुकुलो बनाएसँगै मंगलबारदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भएका हुन् ।

२५ सिटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ देखि साँझ ७ बजेसम्म चल्न पाउनेछन् । आज पहिलो दिन न्यून संख्यामा मात्रै चलेका सार्वजनिक बसमा यात्रुको भने चाप देखिएको छ ।

यात्रुको भीडले खचाखच सार्वजनिक बसमा स्वास्थ्य सतर्कता भने अपनाएको पाइएको छैन । कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए । साथै एक साता निषेधाज्ञा थप गरिएको थियो ।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । तर लामो दूरीका सवारी साधन सञ्चालनमा अझै रोक लगाइएको छ ।

सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

 

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०