माणिक रत्नलाई संगीतकार संघको सम्मान | Khabarhub Khabarhub

माणिक रत्नलाई संगीतकार संघको सम्मान


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार संघ नेपालले यस वर्षको ‘अजर अमर सम्मान २०७८’बाट संगीतकार तथा गायक माणिकरत्न स्थापितलाई सम्मानित गरेको छ । नेपाली सुगम तथा पाश्र्व संगीतका गायक तथा संगीतकार माणिकलाई संगीतकार संघ नेपालले एक लाख १ हजार १ सय ११ रुपैंयाँसहित सम्मान गरेको हो ।

उनलाई संस्थापक अध्यक्ष तथा संरक्षक शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका थिए ।

प्रथम उपाध्यक्ष हरि लम्सालले कोभिड महामारीको समयमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै माणिकलाई सम्मान गरिएको बताए । वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका माणिकले २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन क्षेत्रमा पाइला चालेका थिए ।

उनले गाएका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राती’, फिल्म ‘कुमारी’को ‘सुनौलो घाम झुल्केन’लगायतका गीतहरु लोकप्रिय छन् । २०१३ सालमा माणिक र गायक प्रेमध्वज प्रधान मिलेर सुरु गरिएको ‘प्रेम माणिक’नामले कैयौं कालजयी संगीत सिर्जना गरिसकेको छ ।

गायक प्रेमध्वजले गाएको गीत ‘गोरेटो त्यो गाउँको’मा प्रेम–माणिककै संगीत छ । कोरोना संक्रमणसँगै अन्य रोगको उपचार पछि माणिक घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

लम्सालले कोभिड महामारी हटेर स्थिति सम्पूर्ण रुपले सामान्य भइसके पछि विशेष सभा या कार्यक्रम मार्फत सम्मानलाई औपचारिकता दिइने जनाए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : ४५ बजे

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा