म्याद नाघेका खाद्यवस्तु बिक्री नगर्न विभागको ध्यानाकर्षण | Khabarhub Khabarhub

म्याद नाघेका खाद्यवस्तु बिक्री नगर्न विभागको ध्यानाकर्षण


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरुको बिक्री नगर्न ध्यानाकर्षण गराएको छ।

महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरु बिक्री हुन सक्ने भन्दै विभागले सरोकारवालाको ध्यानआकर्षण गराएको हो ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुनाले त्यस्ता खाद्य वस्तुको बिक्री नहोस् भन्नेतर्फ उत्पादक, पठौरीकर्ता, वितरक, बिक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार र सजक रहन आवश्यक रहेको जनाएको छ ।

उपभोक्ता ऐन २०७५, ले उपभोग्य म्याद समाप्त भएका वस्तु आयात एवम् बिक्री गर्नु/गराउनुलाई अनुचित व्यापारिक क्रियाकलाप वा कसुर मानी दण्ड सजायको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : १० बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको