कोभिड प्रतिबन्ध सहज भएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू   | Khabarhub Khabarhub

कोभिड प्रतिबन्ध सहज भएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू  


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीका कारण जारी गरिएका लकडाउन र विभिन्‍न प्रतिबन्धात्मक नियमहरु खुकुलो पारिएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू गरिएको छ ।

कोरोना भाइरसको महामारीले लामो समयसम्म लकडाउन भएको भारतमा प्रतिबन्ध हटाइएपछि काश्मिरी किसानहरूले चेरी भित्र्याउन थालेका हुन् ।  उनीहरूले ताने चेरी लगाउँछन् ।

उनीहरूले उत्पादन गरेको चेरी श्रीनगरको उत्तरपूर्व वाल्यावार गाउँको थोक बजारमा जाने गरेको छ । त्यहाँबाट भारत नियन्त्रित काश्मिरमा चेरी बिक्री  हुँदै आएको छ।

कृषि उपजलाई बजारसम्म पहुँच दिन सरकारले उनीहरूलाई सहजीकरण गरेको भारतको बागबानी विभागका अधिकारी अबिदा मलिकले जनाएका छन् ।

‘महामारीले मौसममा ढिलाइ गरिसकेको छ, र आवागमनमा प्रतिबन्ध लगाएर उत्पादकहरू (चेरी किसानहरू) ले उब्जनी उत्पादन गर्न कठिनाई भोगेका किसानलाई सरकारले सहयोग गर्ने निर्णय गरेको छ’, मलिकले भने,  ‘उत्पादकहरूले यो समयलाई बजारीकरण गर्दै राम्रो मूल्य पाउँछन् भन्ने अपेक्षा छ ।’

स्रोत : हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन