सङ्गतको प्रभाव : एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

सङ्गतको प्रभाव : एक प्रेरक प्रसङ्ग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वनमा अवस्थित आश्रममा बसेका आफ्ना गुरुलाई भेट्न राजा गएछन् । सन्ध्योपासनाको समय आइपुग्यो । गुरुले राजालाई पनि आफैसँग ध्यानमा बस्ने इसारा गरे ।

गुरु ध्यानस्थ भए । तर वशमा नभएको चञ्चल मनले राजालाई ध्यानमा बाधा गरिरहेको थियो । उनी घरिघरि आँखा खोलिरहन्थे । त्यत्तिकैमा एउटा बाघ उनीहरु बसेतिर गर्जिंदै आइरहेको राजाले देखे । जङ्गलको राजालाई देखेर देशका राजा भएभीत भर बच्न हतपत रुखमाथि चढे । तर गुरु टसका मस भएनन् । गुरुको इहलीला आज सिद्धियो भन्ने राजालाई लाग्यो ।

बाघ गर्जिंदै आयो । गुरु ध्यानस्थ बसेकै ठाउँ हुँदै आफ्नै बाटो वनतिर लाग्यो । ज्यान बचाउन रुख चढेका राजा छक्क पर्दै तल ओर्लिए । ध्यानस्थ गुरुले केही बेरपछि आँखा खोले र दुवै कुटीतिर लागे ।

बाटामा सँगै हिँडिरहेका बेला गुरुको गालामा एउटा लामखुट्टे टोक्न आयो । लामखुट्टेलाई उनले प्याट्ट हानेर मारे । यो देखेर राजाले आफूलार्ई रोक्न सकेनन् र आश्चर्यचकित हुँदै गुरुसँग प्रश्न गरे— गुरुदेव ! मेरो मनमा एउटा प्रश्न उठेको छ । केही क्षणअघि हाम्रो नजिक एउटा खतरनाक बाघ आएको थियो ।

तपाईं डराउनुभएन र उसबाट बच्न कुनै प्रयास पनि गर्नुभएन । तर अहिले एउटा लामखुट्टेले टोक्दा त्यसप्रति क्रोधित भई मारिदिनुभो । बाघ आउँदा विचलित नहुने गुरु किन लामखुट्टेसँग यति क्रोधित हुनुभएको ?

गुरु गम्भीर भए— तिम्रो भनाइ ठिक छ । बाघ आएको समयमा म परमात्माको सत्सङ्गमा थिएँ । बाघ जसरी कराउँदै आयो, त्यसरी नै गयो । मलाई कुनै डर लागेन । तर जब मलाई लामखुट्टे टोक्न आयो, म तिम्रो साथमा थिएँ । तिमी राजा छौ, रिसाउनु तिम्रो स्वाभाविक गुण हो । तिम्रै सङ्गतले मलाई पनि रिस उठ्यो र लामखुट्टेलाई मार्ने भाव आयो । यो सङ्गतको प्रभाव हो । मानिसले जसको सङ्गत गर्छ, उसैको गुण धर्म उसमा सर्छ ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४४ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका