ननुहाउन कुकुरको नाटक ! | Khabarhub Khabarhub

ननुहाउन कुकुरको नाटक !


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस स्वयम्को सरसफाईमा सचेत भएकाले नियमिति नुहाउने गर्दछ । तर पशुहरुमा यस प्रकारको चेतना कमै हुन्छ । तथापी केही जनावर नुहाउने र पौडी खेल्ने गर्दछन् । तर कुकुर भने नुहाउदैन ।

केही घरपालुवा कुकुरलाई भने यसका धनीले नुहाइदिने गर्दछन् । यस्तैमा एक भिडियो चर्चामा छ, जहाँ मालिकले नुहाउँछन् भनेर कुकुरले मरेको अभिनय गरेको छ ।

यस भिडियोमा घरमा पालेको कुकुरलाई नुहाइदिन एक मालिकले तयारी थाल्छन् । तर मालिकले नुहाइदिने बुझेपछि कुकुरले मरेको अभिनय गर्दछ । कुकुर मालिकले ननुहाइदिउन् भनेर मरेको अभिनयबाट मालिक झुक्याउने दाउमा देखिन्छ ।

तर मालिकले भने उसलाई नुहाइदिन उठाउन प्रयाश गर्दछन् । तर कुकुर पनि के कम उ अलिकति पनि हल्लिदैन । उ जसरी भएपनि मालिकको चंगुलबाट बाहिरिने दाउमा हुन्छ ।

भिडियोमा देखिए अनुसार कुकुर नुहाउनबाट बच्न अन्य कुनै विकल्प नभएपछि मरेको अभिनय गरेर सीधा पल्टिन्छ । उ शव जस्तो कडा हुने गरी शरीर अररो पार्दछ । बारम्बार मालिकले नुहाउन उठाउँदा पनि नउठेपछि उसको मुख समातेर उठाइन्छ र त्यो त्यहाबाट उठ्दछ । त्यसपछि मात्र कुकुरको चलाखि र चोरी पक्रिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४३ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर