काठमाडौँ उपत्यकामा यी एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा दिने (सम्पर्क नम्बरसहित) | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा यी एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा दिने (सम्पर्क नम्बरसहित)


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपचार गर्न अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका बिरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघबीच सम्झौता भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोबर्द्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक यातायात प्रयोग गर्न नसकिने भएकोले विरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यस प्रकारको सम्झौता गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

‘महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोविड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पु¥याउनेछन् भने संक्रमण नभएका विरामीलाई आज सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने छन् ।’ प्रमुख शाक्यले भने,, ‘महानगरबासीलाई पर्न सक्ने स्वास्थ्य समस्याको पूर्वअनुमान गरेर हामीले सेवा थालनी गरेका हौँ ।’

यो सेवा लिनु पर्नेेले महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्छ । यसै गरी चालकसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ ।

सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिइनेछ ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।

सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसवापत् संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन ।

यो सुविधा महानगरबाट २ किलोमिटरभन्दा टाढासम्मका लागि हो । तर, डाइलोसिस र क्यान्सर उपचारका लागि भने २ किलोमिटरको दुरीभन्दा बाहिर पनि जानु पर्नेछ ।

यसरी गरिएको सेवाको अद्यावधिक विवरण संघले महानगरलाई उपलब्ध गराउने पर्नेछ ।

महानगरले गएको बर्ष पनि यसै प्रकारको सेवा उपलब्ध गराएको थियो । पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा थप गरेर ७ वटा एम्बुलेन्सबाट ६० दिन सेवा दिँदा ४ हजार ४ सय ५१ जना विरामीलाई सेवा दिइएको संघका अध्यक्ष सापकोटाको भनाइ छ ।

एम्बुलेन्सको नं. र चालकको सम्पर्क नं.

महानगरका सबै क्षेत्रलाई समेट्ने अभिप्रायले राष्ट्रिय सभा गृह, मीन भवनस्थित ट्रलीबस स्टेशन, वडा ७ कार्यालय परिसर, भुइँखेलस्थित वडा १५ कार्यालय परिसर र वडा ३ कार्यालय परिसर महाराजगञ्जमा राखिनेछन् ।

सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन् ।

कहाँ कुन एम्बुलेन्स

चावहिल, वडा ७ परिसर
वा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१ ०५४७६८, उद्धव भण्डारी ९८४१ १४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६, कृष्ण गुरुङ ९८०८२ ९२५५०

ट्रली बस मीनभवन
ब १८ च ५६५७ र ना २ च ४१२०
चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२ सविन थापा ९८४० २४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ ९८१८ ४३९५९५

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ५६ बजे

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार