लायन्स गभर्नरमा चुनिए विश्वेश्वर आचार्य | Khabarhub Khabarhub

लायन्स गभर्नरमा चुनिए विश्वेश्वर आचार्य


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको गभर्नरमा पोखराका विश्वेश्वर चुनिएका छन् । डिष्ट्रिक्टको पोखरामा भएको नवौं महाधिवेशनबाट आचार्य गभर्नरमा चुनिएका हुन् । आचार्य २०३३ सालमा कास्कीको निर्मलपोखरीमा जन्मिएका हुन् ।

१९९९ देखि नै लायन्समा लागेका आचार्य २१ वर्षको सक्रियतामा गभर्नर बन्न सफल भएका छन् । उनको होम क्लव लायन्स क्लव अफ पोखरा सेन्ट्रल हो । २००६ मा होम क्लवको अध्यक्ष बनेका आचार्य २००८ देखि नै डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा छन् ।

२०१५ मा क्याविनेट सेक्रेटरी बनेका उनी २०१६ मा चिफ एम्वास्डर अफ गभर्नर, १७ मा डिष्ट्रिक्ट कोचिफ एडभाइजर, १८ मा सिनियर एम्वास्डर अफ गभर्नर हुँदै १९ मा लोकप्रिय मतका साथ द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए । योसंगै उनको गभर्नर बन्ने ढोका खुलेको थियो ।

२०२० मा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बनेका आचार्यले २०१३ मा नै एमजेएफ (मेल्भिक जोड फाउण्डेशनको सदस्य) बनेका थिए । उनी नेपाल लायन्स फाउण्डेशन र टियू लायन्स ब्लड बैंकका संस्थापक सदस्य हुन् ।

अन्य संघसंस्थामा पनि सक्रियता

गभर्नर आचार्य लायन्समा मात्र होइन शिक्षा क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नोभेल इन्स्टिच्यूटको संस्थापक भएर शैक्षिक क्षेत्रमा अघि बढेका उनी पोखराको परिचित शैक्षिक संस्था नोभेल एकेडेमीको संस्थापक प्राचार्य एवं हाल प्रमुख कार्यकारी हुन् ।

आचार्य २००९ मै पोखरा जेसिजको अध्यक्ष भएका थिए भने २०१७ मा नोभेल फाउण्डेशनको द्धित्तीय उपाध्यक्ष, नोेभेल यूनस सेन्टरको संस्थापक अध्यक्ष, रुधिखोला, सुपर मादी हाइड्रोपावर र एजोड इन्स्योरेन्सको प्रमोटर हुन् ।

लक्ष्य र योजना के-के छन् ?

गभर्नर आचार्यले आफ्नो कार्यकालमा खुशीका लागि सेवा भन्ने मूल नारा अघि सारेका छन् । उनले दीगो विकासका लागि सामाजिक सुधार अभियान, लायन्स नमूना उद्यमी गाउँ स्थापना, लायन्स वेयलफेयर बैंक स्थापना लगायतको योजना अघि सारेका छन् ।

साथै गभर्नर आचार्यले स्वास्थ्य जनचेतना एवं स्वास्थ्य प्रवर्द्धन कार्यक्रम पनि यस वर्षमा अघि बढाउने भएका छन् । जसमा मन देउ, मुटु जोगाऊँ अभियान, संगठन सुदृद्धिकरण अभियान, मधुमेह सचेतना तथा निःशुल्क शिविर, क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम, रक्तदान जीवनदान महाभियान, स्वास्थ्य शिविर, आँखा शिविर र डेण्टर शिविर सञ्चालन गर्ने लक्ष्य छ ।

यसैगरी क्लवको स्थायी सदस्य बनाउने अभियान, प्रत्येक क्लवका कम्तिमा पाँच जना सदस्य थप्ने अभियान, पूर्व लियोलाई लायन सदस्य बनाउने अभियान, क्लव फर्कौं अभियान, लायन्स अन्तर्राष्ट्रियको आजीवन सदस्य बढाउने अभियान, पढाऔं अभियानलाई अक्षयकोष स्थापना गर्ने अभियान, शुद्ध खानेपानीका लागि यूरोगार्ड जडान तथा सरसफाइ सचेतना लगायतका अभियान सञ्चालन गर्ने आचार्यको योजना छ ।

पौडेल फष्ट भाइस गभर्नर र बज्राचार्य द्वितीय भाइस गभर्नर बन्दै

आचार्य गभर्नर बन्दा डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र द्धित्तीय भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्य बनेका छन् । पौडेलको होम क्लव काठमाडौं साझा फूलवारी हो भने बज्राचार्यको बालाजू हो । पर्वतको कुश्मामा जन्मिएका पौडेल हाल काठमाडौं वनस्थली निवासी हुन् ।

उनी २००६ देखि नै लायन्समा सक्रिय हुँदै २०१० मा क्लव अध्यक्ष बनेका थिए । २०१२ देखि नै डिष्ट्रिक्टमा सक्रिय पौडेल २०२० मा द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए । यसैगरी बज्राचार्य काठमाडौं निवासी हुन् । १९९० देखि लायन्समा लागेका उनी १९९५ का क्लव अध्यक्ष बनेका थिए ।

अन्य पदमा को-को ?

डिष्ट्रिक्टको नवौं महाधिवेशनबाट आइडी इन्डोर्सीमा पूर्व गभर्नर बालकृष्ण बुर्लाकोटी चुनिएका छन् । यस्तै क्याविनेट सेक्रेटरीमा दुर्गाप्रसाद हुमागाइँ, कोषाध्यक्षमा पृथ्वीराज तिमिल्सिना, प्रमुख सल्लाहकारमा राजेन्द्र बाटाजु, डिष्ट्रिक्ट चिफ पिआरओमा उदय कुमार नेपाल, दीर्घकालिन योजना चिफ रामबहादुर बसेल, प्रोजेक्ट म्यानेजमेन्ट कमिटी चिफमा ध्रुव श्रेष्ठ मनोनित भएका छन् ।

यसैगरी लायन्स वेयलफेयर बैंक प्रमुखमा मिलन थापा, चिफ एडमिनिस्ट्रेटर चन्डिप्रसाद अर्याल, चिफ एम्बेसडर अफ गभर्नरमा ई. रामचन्द्र पोखरेल, डिष्ट्रिक्ट ऐडमिनिस्ट्रेटर गण्डकी/धौलागिरीमा किशोर बराल, एसडिजीमा आरबि अधिकारी, बागमती क्षेत्रमा अरुण लामिछाने तथा लायन्स लिडरसिप एकेडेमी चिफमा सुचित्रा थापालाई मनोनित गरिएको छ । यस्तै लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा प्रकाश थापा तथा भाइस प्रेसिडेन्टमा योगेश गौतमलाई मनोनित गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द