इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतलाई | Khabarhub Khabarhub

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतलाई


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ  ।

पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले कब्जा गरेको हो ।

भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । डाविड मालनले ५० रनको इनिङ्स खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए ।

यस्तै बेन स्टोक्सले ३५, मोइन अलीले २९ रन जोड्दा कप्तान जोस बट्लरले १५ रन बनाए । आदील राशिद १९ र जासन रोय १४ रनमा आउट भए । मार्क उड पनि १४ रन बनाएर आउट भए ।

भारतका सार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।

भारतका लागि ऋषव पन्तले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै हार्दिक पाण्डयले ६४ रनको इनिङ्स खेले भने रोहित शर्मा ३७ रनमा आउट भए । शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न