क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, छैनन् पारसदेखि सन्दीपसम्म | Khabarhub Khabarhub

क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, छैनन् पारसदेखि सन्दीपसम्म


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार बाइल्याट्रल टी–२० खेल्न जाने नेपाली क्रिकेट टिमलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि १८ जना खेलाडीलाई बोलाएको हो।

क्यानले बोलाएका खेलाडीको सूचीमा अनुभवी खेलाडीको पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी लगायतको नाम समावेश गरिएको छैन । यस्तै, युवा लेग स्पिनर सन्दीप लामिछाने पनि टोलीमा छैनन् ।

युवा खेलाडीले भरिएको टोलीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव छन् ।

यस्तै, टोलीमा सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंश ऐरी, अभिनाष बोहरा, पवन शर्राफ, कृष्ण कार्की, साहब आलम छन् ।

क्यानले कतार जाने क्याम्प भनेर कल गरेको टोलीमा मात्रै १८ जना समावेश गरेको छ । जसमा धेरै जसो खेलाडी प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा अटाएका छन् ।

यस्तो छ सूची

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०