संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न खडा : अध्यक्ष थापा  | Khabarhub Khabarhub

संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न खडा : अध्यक्ष थापा 


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन ।

जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए ।

पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे ।

उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे ।

देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो ।

बैठकमा नेताहरु ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राखे ।

बैठकमा  ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ४६ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण