१४ वर्ष जेल बस्दा ओली 'शकुनी' भएर निस्के : नेता खनाल | Khabarhub Khabarhub

१४ वर्ष जेल बस्दा ओली ‘शकुनी’ भएर निस्के : नेता खनाल


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘शकुनी’को संज्ञा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ ले विराटनगरमा गरेको विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर ‘शकुनी’ बनेर निस्किएको आरोप लगाएका हुन् ।

उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए । उनले केपी ओलीले पुरानो एमाले व्युझाउन खोजेको समेत बताए । ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको समेत उनले तर्क गरे ।

पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको बताए । ४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने उनको भनाइ थियो । ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए।

उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो। अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन्। आजको यथार्थ नेकपा हो।’

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : २८ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस