फार्कका सदस्यमाथि युद्ध अपराधका घटनामा दोषी ठहर | Khabarhub Khabarhub

फार्कका सदस्यमाथि युद्ध अपराधका घटनामा दोषी ठहर


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोगोटा– कोलम्बियाको एक उच्च अदालतले फार्क विद्रोही आन्दोलनको नेतृत्व गरिरहेका आठ जना वरिष्ट सदस्यमाथि युद्ध अपराधको घटनामा दोषी ठहर गरेको छ ।

कोलम्बियामा दशकौं लामो चलेको सशस्त्र गृहयुद्धका क्रममा २१ हजारभन्दा बढी व्यक्तिको अपहरणमा उनीहरुको संलग्नता रहेको अदालतको भनाइ छ ।

दोषी ठहर गरिएका आठ जना फार्कको सचिवालयका सदस्य छन् र यो फार्कको सबैभन्दा माथिल्लो निर्णायक निकाय हो । झण्डै ५० वर्षदेखि जारी रक्तपातपूर्ण फार्क आन्दोलन सन् २०१६ मा शान्ति सम्झौता भए पश्चात् फार्क नै विघटन भएको थियो । फार्कको राजनीतिक दल कमन पिपुल्स पार्टीका हाल प्रमुख रहेका रोड्रिगो लोन्डोनोको नाम समेत युद्ध अपराधमा समावेश छ ।

साथै यस सूचीमा शान्ति सम्झौता बमोजिम फार्कका नेताहरुलाई संसदका लागि छुट्याइएका १० स्थानमध्ये दुई स्थानमा रहेका पाब्लो काटाटुम्बो र जुलियान गाल्लो पनि समावेश छन् । फार्कका अर्का उच्च नेता अर्मिलो काब्रेरामाथि पनि युद्ध अपराधीको सूचीमा नाम थियो, तर उनको गत बुधबार निधन भएको छ ।

शान्ति सम्बन्धी विषय हेर्नेगरी गठित विशेष अदालतका न्यायाधीश जुलिएटा लेमाइटरले कुनै व्यक्तिको स्वतन्त्रता हनन् गर्नु र कसैलाई मुक्त गर्नुअघि विभिन्न शर्त राख्नु युद्ध अपराध हो भनेका छन् । यो अदालतले खासगरी फार्कका सदस्यको मुद्दा सुनुवाइ गर्न र द्वन्द्वकालीन स्थितिमा भएका अपराधको अनुसन्धान गर्न गठन भएको हो ।

साथै अदालतले मानवता विरुद्धको अपराधका बारेमा पनि सुनुवाइ गरेको छ भने हत्या, यातना, अमानवीय व्यवहार, व्यक्तिगत प्रतिष्ठामा आक्रमण, यौन हिंसा र जबर्जस्ती बिस्थापन जस्ता व्यवहारका बारेमा पनि अदालतले सुनुवाइ गरेको थियो ।

यो अदालत सन् २०१७ मा गठन भएको थियो । कमन पिपुल्स पार्टीले भने विगतमा भएका घटनाप्रति क्षमायाचना गरिसकेको छ ।

कोलम्बियाका राष्ट्रपति इभान डुकुले देशभित्र कुनै पनि व्यक्ति समान रहेका र कसैलाई पीडा हुने तथा कोही पीडक स्वतन्त्र एवं खुलेआम घुम्ने परिस्थिति स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।रासस/एएफपी

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : ०१ बजे

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले