गाउँसभा नहुँदा धनौजी गाउँपालिकामा काम ठप्प | Khabarhub Khabarhub

गाउँसभा नहुँदा धनौजी गाउँपालिकामा काम ठप्प


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिका कार्यालयको सम्पूर्ण काम डेढ महिनादेखि ठप्प छ । गाउँ कार्यपालिका सदस्यले समयमा गाउँसभा गर्न नसक्दा पालिकाको काम रोकिएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले समयमा नीति तथा कार्यक्रम नआउँदा र गाउँसभा हुन नसक्दा सबै कामकाज ठप्प रहेको बताए । उनका अनुसार छैठौँ गाउँसभा हुन सकेको छैन । ‘कुनै पनि कर्मचारीले चालु आर्थिक वर्षमा तलब खाएका छैनन्,’ उनले भने, ‘न कुनै प्रकारको भुक्तानी भएको छ । ४०–४५ दिनदेखि कुनै काम पनि भएको छैन ।’

उनले आफू कार्यालय जान सक्ने अवस्था समेत नरहेको बताए । गाउँ कार्यपालिकामा सदस्यहरूको मतभेदका कारण गाउँसभा हुन नसकेको उनको भनाइ छ । ‘गाउँ सभा नहुनुको प्रमुख कारण नै कार्यपालिका सदस्यहरूको मतभेद रहेको देखिन्छ,’ उनले भने, ‘वडा कार्यालयहरूले पनि समयमा योजना छनौट गरेर पठाएका छैनन् । योजना बाँडफाँडमा पनि मतभेद देखिएको छ ।’

गाउँपालिका प्रमुख बद्रीनारायण सिंहले गाउँसभा नभएको कारण कर्मचारीले तलब नपाएको बताए । कार्यपालिका सदस्यहरूसँग गाउँसभा गर्ने सहमति भएको तर दिन टुङ्गो नलागेको उनको भनाइ छ । दोषी रहेको बताइन् । नैतिकताको अधारमा भने गाउँपालिका प्रमुख दोषी र असक्षम रहेको उनको तर्क छ ।

गाउँपालिका प्रमुख सिंहले गत वर्षको आयव्यय पारदर्शी नबनाएको, हरहिसाव सार्वजनिक नगरेको र चालु वर्षमा योजना बाँडफाँडमा मनोमानी गरेको उपप्रमुख मण्डलको आरोप छ ।

सथनीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको सभाको बैठक सामान्यतया वर्षको दुई पटक हुनुपर्छ । स्थानीय तहले असार १० गते भित्र आगामी वर्षको राजस्व र व्ययको अनुमान सभामा पेश गर्नुपर्छ ।

तलबको लागि भौँतारिदै कर्मचारी

धनौजी गाउँपालिकाका कर्मचारीहरू तलब नपाएर भौँतारिएका छ । कर्मचारीहरूले आफ्नो तलबबारे जानकारी लिन बुधबार संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय, धनुषा पुगेका थिए । कार्यालय प्रमुख वीरेन्द्र मिश्रले कार्यपालिका सदस्यले भुक्तानी रोक्क गर्न दिएको उजुरीका कारण तलब रोक्का गरेको जानकारी दिए ।

गाउँसभा हुन नसक्दा कर्मचारीहरूले चालु आर्थिक वर्षमा अहिलेसम्म तलब नपाएको स्वास्थ्यका कर्मचारी उमेश साहले बताए । उनका अनुसार कर्मचारीहरूले तलब माग गर्दै पालिकाको प्राङ्णमा दोस्रो चरणको आन्दोलन गरेको पनि एक महिना बितिसकेको छ । ‘पहिलो चरणको आन्दोलन एक महिना चलेपछि ९ बुँदे सहमति भएको थियो,’ उनले भने, ‘तर कार्यन्वयन नभएपछि दोस्रो चरणको आन्दोलन चलिरहेको छ ।’

गाउँपालिकाका सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र कार्यपालिकाको कार्यालय लगायत गरी करिब एक सय जना कर्मचारी छन् । शिक्षकहरूले पनि साउनदेखि तलब पाएका छैन् ।

पुरानो पनि भुत्तानी भएन

राष्ट्रिय प्राथमिक विद्यालय, भररियाका प्रधानाध्यापक अनिलकुमार साहले गत वर्ष विद्यालयले पाउनुपर्ने विभिन्न शीर्षकको रकम भुक्तानी नभएको बताए । उनका अनुसार शिक्षकले चालु वर्षमा तलब र गत वर्षको कुनै पनि शीर्षकको रकम पाएका छैनन् ।

पाठ्यपुस्तक, छात्रवृत्ति, एसआइपी, मसलन्द, बुक कर्नर र लेखा परीक्षण लगायत शीर्षकको रकम नपाएको उनको भनाइ छ । ‘प्रधानाध्यापक र शिक्षकले आफ्नो जिम्मेवारीमा उधारो पाठ्यपुस्तक ल्याएर वितरण गरेका छन्,’ उनले भने, ‘त्यसको पनि अहिलेसम्म भुत्तानी भएको छैन ।’ कोरोना संक्रमणमा बन्द भएका विद्यालय अझै खुल्न नसकेको उनले बताए । नयाँ शैक्षिक सत्र बित्न लागे पनि पालिका प्रमुखको गैरजिम्मेवारीका कारण विद्यालय नखुलेको साहको आरोप छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ३ : २३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको