छोरी बलात्कारको आरोप लागेका बाबु पक्राउ | Khabarhub Khabarhub

छोरी बलात्कारको आरोप लागेका बाबु पक्राउ


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बिहीबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए ।

धनुषा घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार भएका थिए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौँमा पठाईएको छ । महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको जानकारी दिए ।

बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भईरहेको छ । आमा अर्को छोरीलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा गएको मौका छोपेर यादव अर्की छोरीको बलात्कारपछि कुटपिट गरी फरार भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : १७ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका