नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज | Khabarhub Khabarhub

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुँदैछ ।

बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ ।

बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको छ ।

जसमध्ये ६ हजार २७६ आवेदन रद्द भएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि-अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

बोर्डबाट स्वीकृत भएपछि आज बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाँड हुन लागेको हो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन