नेकपा आधिकारिकता विवाद : ओली र दाहाल-नेपाल समूहसँग छलफल गर्दै निर्वाचन आयोग | Khabarhub Khabarhub

नेकपा आधिकारिकता विवाद : ओली र दाहाल-नेपाल समूहसँग छलफल गर्दै निर्वाचन आयोग


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह (ओली र दाहाल-नेपाल)लाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ।

आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ ।

छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

उक्त निर्णयलाई आफू अनुकुल व्याख्या गरिरहेका दुवै समूहसँग आवश्यक परामर्श गरी थप निर्णय गर्ने आयोगको तयारी छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि दुबै समूहले पार्टीको नाम, निर्वाचन चिह्न, छाप लगायतमा आफ्नो दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ४१ बजे

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सीपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन