कांग्रेस जिल्ला अधिवेशन– विभिन्न जिल्लाको प्राप्त मतपरिणाम | Khabarhub Khabarhub

कांग्रेस जिल्ला अधिवेशन– विभिन्न जिल्लाको प्राप्त मतपरिणाम


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ ।

काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गरेका हुन् । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गरे । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेकोे निर्वाचन समितिले जनाएको छ ।

बिजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गरेका छन् ।

यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना, टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगाइँ , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

स्थानीय तहतर्फबाट सदस्यमा तेमाल गाउँपालिकाको महिलातर्फ सुनिता तामाङ, महाभारत गाउँपालिकाको खुलातर्फ जगत बम्जन र महिलातर्फ राधिका रानामगर निर्विरोध निर्वाचित भएका छन् । समावेशी जिल्ला सदस्यमा खस–आर्यतर्फबाट जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, रुपा लामा, तारादेवी आचार्य, रविना पाण्डे विष्ट तथा आदिवासी जनजातितर्फ कान्छा लामा, जोगलाला लामा, डिलबहादुर लामा, वीरबहादुर भोम्जन, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तली तितुङ, हिराकुमारी लामा र ज्ञानीमाया लामा विजयी भए ।

यस्तै दलिततर्फबाट जिल्ला सदस्यमा धनराज सुर्खेती, अल्पसङ्ख्यक तर्फबाट रामप्यारी पोटे अवाले निर्विरोध तथा जिल्लाबाट एकसदस्यीय महाधिवशेन प्रतिनिधिमा श्यामबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा क्षेत्र नं १ मा बस्नेत र क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित भए। बस्नेतले निकटतम प्रतिस्पर्धी तीर्थ लामालाई तामाङले कृष्णबहादुर तामाङलाई पराजित गरे ।

राति आएको परिणाममा बस्नेतको समूहबाटबाट सचिवमा कृष्णप्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी भए भने सदस्यमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिराबहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका थिए ।

यस्तै क्षेत्र नं २ सभापतिमा तामाङको समूहका सचिवमा केशव श्रेष्ठ र विष्णु घोरसैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ तथा सदस्यहरूमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भए ।

यस्तै इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी भएका छन् । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उनी निर्वाचित भए । प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाका थिए ।

सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित भएका छन् ।

सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक–एकजना निर्वाचित भएका छन् । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम र खड्का समूहका निरोज खड्गी विजयी भएका छन् ।

सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी भए । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले प्राप्त गरेको मत पुनःगणना गर्दासमेत बराबरी आएको छ ।

गत मङ्गलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनःमतगणना गरिएको थियो । शनिबार गरिएको पुनःमतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिए ।

उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उनले बताए।

पुनःमतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी दिए ।

क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन भने यही मङ्सिर १९ र २० गते हुने गरी तयारी थालिएको उनको भनाइ थियो ।

यस्तै बागलुङको सभापतिमा पुनःमतदान सुरु भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारको स्पष्ट बहुमत नआएकाले आइतबार पुनः मतदान गर्नुपरेकोे निर्वाचन समितिले जनाएको छ ।

सभापतिको उम्मेदवार जगदीशचन्द्र उपाध्याय, दोर्ण कुँवर र जीत शेरचन तीनै जनाले बहुमत प्राप्त गरेनन् । उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६४ मत प्राप्त गरे। पैँतालिस मत बदर हुँदा पहिलो भएका उपाध्यायका लागि ३१ मत पुगेन । पार्टीको विधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याउँदासम्म पुनःमतदान गर्नुपर्ने व्यवस्था छ । जिल्लाभर एक हजार ७७५ मतदाता छन् । दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो हुने उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । रासस

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६