'ओमिक्रोन' बाट जाेगिन नेपालसहित ६ देशले अपनाए उच्च सतर्कता | Khabarhub Khabarhub

‘ओमिक्रोन’ बाट जाेगिन नेपालसहित ६ देशले अपनाए उच्च सतर्कता

डब्लुएचओले भन्यो, 'डेल्टा' भन्दा बढी सङ्क्रामक' 


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार कोभिड-१९ को नयाँ भेरियन्ट (B.1.1.529) लाई ओमिक्रोन ‘Omicron’ नाम दिएको छ। शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लागेको थियो ।

यसमा धेरै उत्परिवर्तनहरू देखिएको भन्दै डब्लुएचओले यो संस्करण अत्यन्तै चिन्ताजनक रूपमा लिएको छ। हाल उपलब्ध कोरोना खोपहरू यस भेरियन्टविरुद्ध कम प्रभावकारी हुन सक्ने जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’ भन्दा बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।

नेपालले दक्षिण अफ्रिका हुँदै आउनेलाई क्वारेन्टिन राख्ने

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै मन्त्रालयले सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रहसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा पनि जोखिम रहेको बताए । आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उनको भनाइ छ ।

भारतमा पनि भेटियो ‘ओमिक्रोन’

कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’भारतमा पनि फेला परेपछि भारतमा पनि उच्च सतर्कता अपनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका थिए।

दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन्। भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ।

बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द

बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ ।

यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिए । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ । तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ ।

अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे । ‘सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,’ उनले भने।

पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे। उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।

त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए । तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ।

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे ।

जर्मनीमा शंकास्पद घटना

दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्तिमा नयाँ कोभिड–१९ भेरिएन्टको शंकास्पद घटना पत्ता लागेको एक जर्मनी क्षेत्रीय अधिकारीले शनिबार बताएका छन् ।

दक्षिणी अफ्रिकामा पहिलो पटक पत्ता लागेको तनावलाई संकेत गर्दै पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्वीटमा लेखेका छन्, ‘नयाँ सङ्क्रमितमा ओमिक्रोन भेरिएन्टको बलियो सम्भावना रहेको छ ।’ दक्षिण अफ्रिकाबाट जर्मनी फर्केका यात्रुको शुक्रबारको अन्ततिर गरिएको परीक्षणले ‘ओमिक्रोन‘का थुप्रै ‘म्युटेसन’हरू सङ्केत गरेको क्रोजले बताए ।

नयाँ भेरिएन्टको प्रबल शङ्कापछि कोभिड-१९ सङ्क्रमित उक्त व्यक्तिलाई उनकै घरम एक्लै बस्न लगाइएको छ । यसबारे थप अनुसन्धान हुदैछ । सङ्क्रमित उक्त व्यक्ति जर्मनीको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ईयुको सबैभन्दा बढी जनसंख्या भएको देश (जर्मनी)मा पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

बेल्जियमले कोभिडको खोप नलगाएका एक व्यक्ति कानून विपरित शुक्रबार विदेशबाट फर्किएका र उनमा नयाँ कोभिड–१९ भेरिएन्ट भेटिएको बताएको एकदिनपछि जर्मनीमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमित फेला परेको बताइएको हो । बेल्जियमले युरोपमा यो नयाँ भेरिएन्ट सङ्क्रमितको पहिलो घटना भेटिएको बताएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : १८ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको