मेहनतीलाई संसार जित्ने अवसर दिन्छ अमेरिकाले « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

मेहनतीलाई संसार जित्ने अवसर दिन्छ अमेरिकाले



काठमाडौँ– जाक खोगयानीले  विमान चालकका रूपमा बिताएको समयमा दुर्लभ दृश्यहरू देखे । उनले उत्तरी एरिजोनामा बाढीका कारण बनेको एउटा अनौठो खालको भौगोलिक परिदृश्य देखेका थिए ।

विशाल “स्यान्ड स्टोन” लाई उनले क्यामरामा कैद गर्न भ्याएका थिए । आन्ध्र महासागरको ७०० फिट माथि रहेको आयरल्यान्डको एक असभ्य चट्टानमाथि पनि उनी उभिएका थिए । उनले त्यहाँबाट लिएको चित्रहरू विभिन्न खालको म्युजिक भिडियो हुँदै “प्रीन्सेन ब्रिज” चलचित्रमा पनि समावेश गरिए ।

आइगेन समुद्रमा रहेको ग्रीक टापुमा रहेर उनले आकाशका मनोरम दृश्यहरू पनि क्यामरामा अटाएका थिए । अमेरिकी पाइलट तथा फोटोग्राफर खोगयानीले आफ्नो जीवनकालमा दुर्लभ खालका दृश्यहरू देखे ।  उनले प्राय प्रकृतिले दिएको अनुपम उपहारलाई आफ्नो क्यामरामा अटाउन भ्याए, चाहे त्यो स्न्यापसटको रूपमा होस्, या सिनेमाकै रूपमा नै किन नहोस् ।

यो वर्ष उनले नौ विमानबाट अफगान शरणार्थीलाई अमेरिका ओसारेका थिए । यस क्रममा उनले देखेको दृश्य सबैको आँखाबाट आँसु झार्ने खालको थियो । उनले जे अनुभूत गरे, शायद, क्यामरामा जस्ताको तस्तै उतार्न कठिन थियो । उनले देखेको त्यो दृश्य आफ्नै बाल्यकालको ‘फ्ल्यासब्याक’ गराउने खालको थियो ।

“यो कल्पना गरिएभन्दा दु:खद थियो । यो मेरो आफ्नै अनुभव पनि थियो”, ५३ वर्षीय खागयोनी भन्छन्, “यो सब हतारमा भएको थियो । मैले कल्पना गरेकोभन्दा धेरै कठिन थियो ।”

यसपटकको विदा खागयोनीले अफगानीहरूसँगै बिताउने ठहर गरे । अफगानीहरू भेट्दा उनलाई आफ्नो कोही भेटेजस्तो पनि लाग्छ  र चासो पनि लाग्छ । विदाको सिजन चलिरहँदा उनले उनीहरूलाई भेटे,  जसलाई केही समयअघि विमानमा नै उनले चिनेका थिए ।

२७ वर्षदेखि उनी उडान भरिरहेका छन् । गत  अगस्टमा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पेन्टागनले त्यहाँ रहेका अमेरिकी तथा अन्य अफगान शरणार्थीको उद्धारका लागि निजी विमान कम्पनीलाई पनि प्रयोग गरेको थियो ।

खागयोनीले युनाइटेड एयरलाइन्सको कार्यकारी अधिकृतसँग सम्पर्क गरे र स्वयंसेवाका लागि तयार भए । यो उनको तर्फबाट भएको निजी सहयोग नै थियो । उनका लागि यो यसकारण पनि विशेष थियो कि, उनी त्यहीँ जन्मिएर हुर्किएका थिए । सन् १९७७ मा नौ वर्षको उमेरमा उनी यसै गरी अमेरिका पुगेका थिए ।

खागयोनीका हजुरबुबा न्यायाधीश र सिनेटर थिए । उनका बाबुले तीन राज्यमा शासन गरे । त्यहाँका राजनीतिक परिवर्तनसँगै उनको परिवारलाई ज्यान मार्ने धम्की आउन थाल्यो । उनी अहिले पनि तनावका बीच कार चढेर काबुल विमानस्थल गएको त्यो दिन सम्झन्छन् ।

त्यतिबेला उनले एउटा सानो झोला बोकेका थिए । परिवारका सम्झना आउने  फोटो तथा अन्य स्मरणीय केही कुरा पनि बोकेका थिएनन् । शरीरमा लगाएको बाहेक साथमा अन्य कुनै कपडा थिएन । एउटा जीवन त्यागेर उनी अनिश्चित भविष्यतर्फ लम्किरहेका थिए ।

“वातावरण एकदमै अप्ठेरो थियो,” खागयोनी ती दिनको स्मरण गर्छन् “कोही धेरै बोल्ने अवस्थामा थिएनौँ । आमाले मलाई देश छाड्ने बारेमा पनि केही बताउनुभएन ।”

जब उनलाई गत अगस्टमा अफगानको उद्धार गर्नका विमान चलाउन अनुमति दिइयो, उनले बाल्यकालका ती सबै घटना धमाधम सम्झिए । काबुलबाट आइपुगेका अफगान शरणार्थीलाई भेट्न उनी जर्मन एयरबेसमा पुगेका थिए । उनले यसपछिका नौ दिनमा हजारौँ अफगान शरणार्थीलाई अमेरिकामा ओसारे । उनी नै आशालाग्दा  भविष्यको प्रतीक बन्दै त्यहाँ उभिएका थिए ।

बोर्डिङ गेटनेर रहेका शरणार्थीहरूले उनलाई देख्नेबित्तिकै  पास्तुन भाषामा स्वागत गरेको दृश्यले नै उनलाई आश्चर्यमा पारेको थियो । “तपाईँहरूलाई स्वागत छ,” उनले भने  “मलाई आशा छ, तपाईँहरू अमेरिका पुगेर खुसी हुनुहुनेछ  ।”

थुप्रै अफगानहरू शुरुमा उनलाई देख्नेबित्तिकै आश्चर्यमा परेका थिए । उनलाई एकपछि अर्को प्रश्नको वर्षा नै हुन थालेको थियो । अब हामी कहाँ जाने ? त्यहाँ कसले हामीलाई सहयोग गर्छ ? मैले कसरी जागिर पाउन सक्छु ?  यस्ता अनेकन् प्रश्न उनीहरूको मनमा थियो । खागयोनीका सामु सबैले अमेरिकी भविष्यबारे  चासो लिँदै यात्रा गरिरहेका थिए ।

उनले सबै सहयोग गरे । उनीहरूले केही यस्ता प्रश्न पनि सोधे , जसको उत्तर समयभन्दा कसैलाई थाहा हुनै सक्दैन थियो । यो दुखद घडीमा अमेरिकाले सुरक्षित जीवन दिन सक्थ्यो । तर, परिवारका सदस्य र अन्य व्यक्तिसँग छुटेपछि त्यही जीवनका पात्रलाई सधैँका लागि गुमाउने सम्भावना पनि प्रबल नै छ ।

“मैले मेरो हजुरबा र हजुर आमालाई फेरि कहिल्यै पनि देखिनँ,” उनी पुनः बाल्यकाल सम्झन्छन्, “मेरा केही टाढाका तर प्रिय नातेदार थिए, मैले उनीहरूको अनुहार अझै सम्झिरहेको छु । यहाँ आउने धेरैले यसै भविष्यको सामना गर्नेछन् भन्ने मलाई राम्रोसँग थाहा छ । ”

अफगान परिवारलाई युनाइटेड एयरलाइन्सले बच्चाको डाइपर, ब्लान्केट र केही लत्ता कपडा सहयोग गरेको छ । बच्चाका चकलेट र खेलौना पनि दिइएको थियो । बाल्यकालको एकाङ्कीपनको महसुस नहोस् भन्नका खातिर विमानको कुनै क्याबिनमा बच्चालाई लक्षित गरेर तयार पारिएका चित्रहरू राखिएको थियो ।

यी सबै दृश्यले खागयोनी बाल्यकालको फ्ल्यास ब्याकमा फर्कनु स्वाभाविक थियो । उनी  यी सबै देख्नेबित्तिकै आफू नौ वर्षको भएको कल्पनामा पुगेका थिए । “विमानमा थुप्रै बच्चाहरू थिए । यी सबैले कुनै नै कुनै रूपमा बलाई बाल्यकालको अनुभव गराए,” खागयोनीले ती दिनका अनुभव सुनाए ।

संसारका सबै देशलाई मानेर त्यसलाई स्वीकार गरेर नै बलियो, समृद्ध र शक्तिशाली हुन सकिन्छ भन्ने अमेरिकी नीतिमा अमेरिका १९७६ देखि नै अडिग नै छ । उसले यसलाई आफ्नो सिद्धान्तमा पनि समावेश गरेको छ । अमेरिकामा खागयोनी सन् १९७७ मा पुगेका थिए ।

अहिले उनी श्रीमती र १४ वर्षीया जुम्ल्याहा सन्तानका साथमा एरिजोनामा बस्दै आएका छन् । उनले आफ्ना बच्चाहरूलाई मानवता, प्रतिष्ठा र आतिथ्यताका बारे सिकाए । उनले आफ्ना सन्तानलाई अफगान मूल्य र मान्यताका बारे पनि सिकाएका छन् ।

यी सबै आफूले मनन गर्न र अन्यलाई भन्नका लागि बच्चालाई प्रेरित गरिरहेका छन् । कुनै पनि समयमा हतोत्साही नहुने र हिम्मत नहार्ने अफगान चरित्र नै भएको खागयोनी बताउँछन् ।

खागयोनीका लागि आफू बसोबास गरिरहेको अमेरिकाप्रति पनि त्यत्तिकै गर्व छ । उनले फोटो बेचेर कमाएको आधा रकम शरणार्थीकै लागि खर्च गर्ने भएका छन् । “अमेरिका अवसरको भूमि हो । यहाँ आफूले मेहनत गरे प्रगति गर्न कसैले  रोक्न सक्दैन,” सबैलाई मेहनत गर्न प्रेरित गर्दै खागयोनी भन्छन् ।

धेरैलाई सुन्दा अपत्यारिलो लाग्न सक्छ । परन्तु, यो वास्तविकता उनी गर्वका साथ भन्छन् कि अमेरिकालाई शक्तिशाली बनाउनमा शरणार्थीको भूमिका महत्त्वपूर्ण  छ । तीनै शरणार्थीले  नागरिक झैँ बाच्न पाएको स्वतन्त्रतासँगै धेरै मेहनत गरेका छन्  र आफूलाई स्थापित गराएका छन् ।

एपल, गुगल र अमेजन जस्ता अनेकन् संसार हल्लाउने कम्पनी आप्रवासी या तीनका सन्तानले स्थापना गरेका छन् । अहिले धेरै अफगानी बच्चाले त्यहीँ जीवनको सुरुवात गरिरहेका छन्, जुन खागयोनीले ४० वर्ष पहिले गरेका थिए ।

देशभरका आठ सैन्य क्याम्पमा ५० हजार अफगान शरणार्थी छन् । धेरै बच्चाहरू विद्यालय जान थालिसकेका छन् । कोही अन्य राज्यमा सरेर काम गर्न शुरु गरेका छन् । उनीहरू आफूलाई अमेरिकी जीवनमा ढालिरहेका छन् ।

खागयोनीका साथी बब मिलर (युनाइटेड एयरलाइन्सका पाइलट) अमेरिकी भविष्यको एउटा राम्रो उदाहरण बनेर खागयोनी अफगानका सामु प्रस्तुत भएको बताउँछन् । मिलर पनि अफगानी शरणार्थीको अमेरिकामा सुरक्षित भविष्यप्रति उत्साहित छन् ।

मिलर विना कुनै कपडा एउटा झोलाको भरमा अमेरिका पुग्ने अफगानको जीवनको अन्त्य होइन, सुरुवात भएको ठान्छन् ।

अफगानी पास्तुन सहितको क्याप्टेन खागयोनीलाई विमानमा भेट्नेबित्तिकै अफगानीको आशा जागेको मिलर बताउँछन् । खागयोनी आफै पनि धेरै जनाले उनलाई देखेर गर्व गरेको बताउँछन् ।

खागयोनी एउटा प्रतिनिधि पात्र हुन् । संसारमा रहेका अनेकौँ शरणार्थी र तीनका परिवार अहिले अमेरिकामा छन् । कसैले अमेरिका पुगेपछि त्यहाँ विभेद सहनुपरेको छैन ।

खेलकुदमा यसै वर्ष भियतनाम हमोङ समुदायकी सुनी ली र सुडानी आप्रवासीकी छोरी एथिङ मुको सनसनीपूर्ण वर्ष रहेको थियो । व्यापारमा अमेजनदेखि गुगलसम्म यसका उदाहरण रहे ।

खागयोनीले भने जस्तै अमेरिकाले सबैलाई स्वीकार्छ । जसले अमेरिका पुगेर मेहनत गर्न सक्यो, उसका लागि त्यो स्वर्णिम भूमि हो, चाहे ऊ संसारको जुनसुकै देशमा जन्मिएको होस् । यसकारण त भनिन्छ, अमेरिका प्रवेश जीवनको शुरुवात हो, अन्त्य होइन । चाहे त्यो एउटा झोलाको भरमा अमेरिका पुगेको किन नहोस् ।

 


0