कांग्रेस महाधिवेशन : पर्साको पालिका अधिवेशन अन्योल | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : पर्साको पालिका अधिवेशन अन्योल


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो ।

जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि गाउँ-नगरपालिका अधिवेशन पछि हुने गरी हाललाई रोकिएको उल्लेख गरिएको छ । जिल्लामा नेताको सहमतिबाटै जिल्लास्थित ती क्षेत्रीय अधिवेशनको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिए।

प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुने समय तोकिएकाले यसअघि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समितिको ठहर छ । यसले कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको जनाइएको छ ।

यस्तै जिल्लामा रहेको १४ पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने सम्भावना देखिएको हो ।यसअघि कांग्रेसको १२ र १३औँ महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६