नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्ब ३९ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्ब ३९ करोडको कारोबार


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ । आज कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् ।

हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् । यस्तै बाँकी सबै समूहको सूचक राताम्मे भएको छ ।

राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।

आज सर्वाधिक कमाउनेमा रिडि हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, आज सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेष्ट इन्स्योरेन्स  कम्पनी लिमिटेडको प्रमोटर सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य  सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ३ : ३९ बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट