एमालेका सांसद नाराबाजी गर्ने, सभामुख बैठक चलाउने « Khabarhub

एमालेका सांसद नाराबाजी गर्ने, सभामुख बैठक चलाउने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनको सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । तर, उनीहरूले नाराबाजी गरिरहे पनि सभामुख सापकोटाले बैठक चलाउँदै आएका छन् ।

बिहीबारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले कार्यसूची अनुसार बैठक सञ्चालन गरे ।

बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुअघि सभामुख सापकोटाले बैठक सञ्चालनको वातावरण बनाउन सहयोग गर्न आन्दोलित सांसदहरूसँग आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  २ : २५ बजे

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन हुँदै

कैलाली – कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका

टोखामा नगरकार्यपालिका ८ सदस्य चुनिए

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको

रुसी सेनाले दोनबास नियन्त्रणमा लिँदै छ : बेलायती प्रधानमन्त्री जोनसन

किभ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा

प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने, नीति तथा कार्यक्रम आज पारित गरिने

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान

देशभर हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास