आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ | Khabarhub Khabarhub

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागुऔषध मामलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी प्रहरीले पक्राउ गरेको छ ।

किरण गोसावी निजी(स्वघोषित) जासूस हुन् र आर्यन मामलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक धोखाधडी मुद्धामा पक्राउ गरेको हो ।

आर्यन पक्राउ परेपछि आर्यनसँग किरणको एक सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो सेल्फी पछि किरणको अवस्था अज्ञात थियो ।

यो तस्वीरपछि आर्यन मामलामा किरणको भूमिकालाई लिएर प्रश्न उठिरहेको थियो । उनी उत्तर प्रदेशमा रहेको र उनले यूपी प्रहरीसँग आत्मसमर्पण गर्ने कुरा गरेको खुल्न आएको थियो । यद्यपि बुधबार उनी पुणे गए र उनले समाचार च्यानलसँग आफू मुम्बईमा एनसीबी अधिकारीहरु समक्ष पेश हुने जानकारी दिएका थिए ।

एनसीबीको रेडमा किरणको सहभागिता लिएर प्रश्न उठेको थियो । पुणेमा कस्बा पीठ इलाकाको चिन्मय देशमुखले किरणविरुद्ध सन् २०१८, मे २९ मा फरास्खाना प्रहरी स्टेसनमा एफआईआर दर्ता गराएका थिए । एफआईआरअनुसार गोसावीले सामाजिक सञ्जालमा होटल मेनेजमेन्टको जागिरका लागि विज्ञापन पोस्ट गरेका थिए र देशमुख यही जागिरको लागि उनको सम्पर्कमा आएका थिए ।

देशमुखका अनुसार किरणले देशमुखलाई मलेशियामा जागिर लगाइदिने आश्वासन दिएका थिए । जसको बदलामा आफ्नो खातामा ३ लाख ९ हजार रुपैंयाँ पठाउन भनेका थिए । तर किरणले पैसा त लिए, देशमुखले जागिर पाएनन् । देशमुखले किरणलाई पैसा माग्दा पैसा पनि फिर्ता दिएनन् । त्यहीकारण किरणविरुद्ध प्रहरीले आईपीसीको सेक्सन ४१९ र ४२० अनुसार उजुरी दिएका हुन् ।

अक्टोबर १३ मा पुणे सिटी प्रहरीले किरणविरुद्ध लुकआउट नोटिस जारी गरेको थियो ताकि उनी देश छोडेर बाहिर जान नसकुन् । यसै महिनाको अक्टोबर १८ मा प्रहरीले शरहबानो कुरैशीलाई मुम्बईको गोवाडीस्थित उनकै निवासमा पक्राउ गरेको थियो । त्यो समयमा बानो किरणको सहायक थिइन् । उनी पक्राउ परेपछि देशमुखको पैसा बानोको खातामा आएको खुलेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : १६ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण