जर्मन बुण्डेसलिगा : बोरुसियासँग बायर्नको लज्जास्पद हार | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगा : बोरुसियासँग बायर्नको लज्जास्पद हार


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे । यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो ।

दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए । हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : ३७ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय