ठगीको आरोपमा युवा पक्राउ | Khabarhub Khabarhub

ठगीको आरोपमा युवा पक्राउ


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ ।

थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो आश्वासन देखाई झुक्यानमा पारी गिरीले उल्लेखित रकम लिएको जिल्ला प्रहरी कार्यालयका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनकाअनुसार गत भदौ १६ गतेदेखि विभिन्न मितिमा प्रतिवादीको आफन्तसँग रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गिरीले पटक–पटक पैसा मागेपछि प्रतिवादीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । गिरीलाई प्रहरीले आइतबार धुलिखेल नपा–७ बाट पक्रेर गरी सोमबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

गिरीलाई मुलुकी अपराध संहिता–२०७४ को दफा २५३ आपराधिक लाभ (एक्सटर्न) लिन नहुने कसुरमा सजाय हुनेछ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ५५ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्