गुल्मी जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत | Khabarhub Khabarhub

गुल्मी जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुल्मीमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा चन्द्रकोट गाउँपालिका–६ की विनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर विक, ८ का सुशील विक, ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका–२ की रमिला भण्डारी रहेका छन् ।

घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । घाइतेमध्ये पाल्पा लगिएका दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान चन्द्रकोट गाउँपालिका–४ अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नंको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका–४ अन्तर्गत इन्द्रेगौँडाको दोभान नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेकालाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । “जिल्ला प्रशासन कार्यालयमा कामका लागि बिहान रुपाकोटबाट जीपमा चढेर आउँदै थिए, त्यहाँ नजिकै आउँदै गर्दा सडक कुनामा थोरै पहिरो खसेको थियो । बाटो सजिलै थियो, अचानक कसरी दुर्घटना भयो थाहै भएन”, दुर्घटनाका घाइते गोकुल भण्डारीले बताए ।

दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३० बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको