प्रेमध्वजको गीतको कभर प्रतिष्पर्धामा एघार जोडी फाइनल प्रतिष्पर्धी | Khabarhub Khabarhub

प्रेमध्वजको गीतको कभर प्रतिष्पर्धामा एघार जोडी फाइनल प्रतिष्पर्धी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा’को कभर गायन प्रतियोगिताको फिनालेका लागि एघार जोडी छानिएका छन् । एशियन म्युजिकले आयोजना गरेको प्रतियोगितामा गीतका लागि १ सय ७३ जनाले भिडियो पठाएका थिए ।

हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णायक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले बताए ।

प्रतियोगिताका लागि युनिशा शेर्पा देशार र सुमित श्रेष्ठ, सिर्जन गुरागाईं र उमेश राउत, आयुष्मा महर्जन र सविन महर्जन, कुमारी बिसी र सन्दीप केसी चयन भएका छन् ।

यस्तै अन्य जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी, अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहेका छन् ।

प्रतियोगिताको निर्णय साउन २१ गते सार्वजनिक गरिनेछ । विजेता जोडीलाई एशियन म्युजिकले एक गीत गाउने अवसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युब च्यानलबाट रिलिज गरिनेछ ।

आयोजक गुरुङले तीन महिनाअघि दिवंगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको बताए ।

डब्बु क्षत्रीको रचना र जुगल डंगोलको संगीतमा तयार भएको यो गीत पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो । ओरिजिनल गीतमा गायक प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एशियन म्युजिकबाट रिलिज गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : २० बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले