इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण | Khabarhub Khabarhub

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुप नेटवर्क प्राली पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। लुपले पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने योजना लिएको छ। जुन कम्तिमा एक अर्ब रुपियाँ लगानीको हुनेछ। कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने बताएको छ।

‘आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं। अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी सो समयमा एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने हाम्रो लक्ष्य हो’, कम्पनीका अध्यक्ष सतिस पोखरेलले भने।

अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ।

लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ। कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ। अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीको भनाइ छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका