कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालय तहको अन्तिम परीक्षा भएकाले विज्ञ र विद्यार्थीको सुझाब पनि भौतिक उपस्थितिमा नै परीक्षा लिनुपर्ने भएकाले सोही अनुसार परीक्षाको तयारी भइरहेको बताए ।

कक्षा ११ र १२ सञ्चालन भएका अधिकांश विद्यालयमा १०० जना भन्दा कम विद्यार्थी रहेकाले सुरक्षित रुपमा परीक्षा सञ्चालन गर्न सहज हुने उनले बताए । पाँच सयभन्दा बढी विद्यार्थी भएका विद्यालयको संख्या ९० मात्र रहेको उनले बताए ।

होम सेन्टरबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या पनि कम हुने र विद्यार्थीमा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले उक्त विधिबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको हो ।

परीक्षाको लागि दुई किसिमले विद्यालयमा प्रश्नपत्र पठाउने उनले बताए । उनका अनुसार इन्टरनेटको सुविधा भएका विद्यालयमा इमेलमार्फत प्रश्नपत्र पठाइने र इन्टरनेटको सुविधान नभएका विद्यालयहरुमा प्रश्नपत्रको हाडकपि पठाइने छ ।

कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्ट्रै कक्षाकोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने उनले बताए । कोरोना संक्रमण भएर परीक्षा दिन नसक्ने विद्यार्थीहरुलाई भने पछि परीक्षा दिने व्यवस्था मिलाउने उनले बताए । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट व्यवस्थापन केन्द्रको निर्देशन परीक्षा सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : ५७ बजे

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर