चीनले बनाएको इस्लामावाद विमानस्थलको छत भारी वर्षले भत्कियो | Khabarhub Khabarhub

चीनले बनाएको इस्लामावाद विमानस्थलको छत भारी वर्षले भत्कियो


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- चीनले निर्माण गरेको पाकिस्तानस्थित इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलको छत भारी वर्षाले आंशिक रूपमा भत्किएको छ ।

उक्त घटनाको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको छ । वर्षाको पानीले छत भरिएपछि सोमबार एक अंश भत्किएको थियो । छत भत्किएपछि इमिग्रेसनसहित धेरै काउन्टरको कार्यालयमा रहेका कम्प्यूटर र अन्य उपकरणहरूमा क्षति पुगेको छ ।

वर्षाकै कारण छत भत्किएपछि कार्यालयभित्रसमेत पानी पसेको छ । अधिकारीहरूले यस्ता घटनाहरू फेरि नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् २०१८ मा उद्घाटन गरिएको विमानस्थल चिनियाँ निर्माण इन्जिनियरिङ कर्पोरेशनले बनाएको हो । जुन चीनको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको कम्पनी हो ।

एयरपोर्टको अन्तर्राष्ट्रिय प्रस्थान र समोराह हलमा रहेको खराबीले छतको एक प्रमुख अंश अगस्त, २०२० मा वर्षाको समयमा ढलेको थियो । त्यस घटनापछि हलमा पानीको चुहावट हुन थालेको थियो । फेरि पनि यस वर्ष छतको अर्को भाग भत्किएको हो ।

“बाहिरी छतको डिजाइन यस्तो छ कि यसले एयर कन्डिसन नभएको ठाउँमा प्रवेश र प्रसारित गर्न अनुमति दिन्छ । तीव्र गतिमा चलेको बतासको बखत हामी कहिलेकाँही त्यस्तो अवस्थाको सामना गर्छौं,” विमानस्थल डिभिजनका प्रवक्ता वरिष्ठ सहसचिव अब्दुल सत्तार खोखरले भने ।

सात महिना बितिसक्दा पनि भत्किएको छत मर्मतको काम नहुँदै अर्कोतर्फ भत्किएको हो । यसरी चिनियाँ निर्माणका भौतिक संरचनाहरुमा कमजोरी देखिँदा समस्या भएको र चीनले निर्माण गरेका अन्य भौतिक संरचनाप्रति पनि आशंकाहरु उब्जिएको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ४७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा