कतारमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

कतारमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा २० लाखभन्दा बढीले व्यक्तिहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रम शुरुभएदेखि अहिलेसम्म २० लाख १३ हजार ८० जनाले कम्तिमा पहिलो डोज खोप प्राप्त गरिसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३७ लाख ८ हजार ५५१ डोज खोप वितरण भैसकेको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा २२ हजार ९६० डोज खोप वितरण गरिएको जनाएको छ ।

अहिलेसम्म योग्ग जनसंख्याको ८१ प्रतिसतले खोपको पहिलो डोज प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । बढी उमेर समूहलाई प्रथामिकतामा राखेर सुरुवात गरिएको खोप अभियानमा ६० बर्ष भन्दा माथिका ९३.५ प्रतिसतले व्यक्तिले पूरा खोपको मात्र लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा १४६ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २५ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २३ हजार २१० पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ७ सय १२ वटा ‘एक्टिभ’ केस छन् भने ६८ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये २५ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन। अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन समेत मन्त्रालयले आग्रह गरेको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । तस्वीर : एफपी

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार