कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ ।

बैठक ११ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्नेछ । आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।

समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ।

बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ। समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद तथ बढ्न सक्ने देखिएको छ।

समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा जुटेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो।

संस्थापन पक्षले एकलौटी ढंगले क्रियाशील सदस्यता वितरण गरेको संस्थापनइतर समूहले आरोप लगाएको छ। कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४ औँ महाधिवेशन प्रभावित हुन शुरु भएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ३३ बजे

सिपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको