टोकियो ओलम्पिक : आज पनि त्रिपक्षीय प्रतिस्पर्धा, वाइल्सको स्वास्थ्यमा चासो | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : आज पनि त्रिपक्षीय प्रतिस्पर्धा, वाइल्सको स्वास्थ्यमा चासो


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी ओलम्पिकमा बुधबार पनि पदकका लागि त्रिपक्षीय होडबाजी कायम रहनेछ ।

बुधबारको खेल सूचीमा बिहान पौडीका पाँच वटा स्पर्धाका फाइनल प्रतिस्पर्धा हुनेछन् । महिला २०० मिटर फ्री स्टाइल, पुरुष २०० मिटर बटरफ्लाई, महिला १५०० मिटर फ्री स्टाइल, ४ गुणा २ सय मिटर फ्री स्टाइल र महिला २०० मिटर मेड्ली छन् ।

थ्री बाइ थी बास्केटबलको सेमिफाइनल र फाइनल बुधबार हुनेछ । पुरुषतर्फ सर्बिया र महिलातर्फ चीनलाई मुख्य दाबेदार छन् । जिम्न्यास्टिकका पुरुष अलराउण्डको स्पर्धा हुनेछ । सो स्पर्धामा रुसी टोलीका साथमा जापान र चीनको प्रतिस्पर्धा हुनेछ । साइक्लिङमा महिला र पुरुषको टाइम ट्रायल हुने छ ।

डाइभिङको स्पर्धामा चीन स्वाभाविक रूपमा स्वर्ण पदकको दाबेदार रहेको छ । इकवेस्ट्रियनको एउटा स्पर्धाको फाइनल पनि बुधवार हुनेछ । फेन्सिङको पुरुष साब्रेको टिम स्पर्धा हुनेछ ।

जुडोको पुरुष ९० किलो र महिला ७० किलोको स्पर्धाका खेल हुनेछन् । अन्य दिन झैँ बुधबार पनि एकै दिन पदकको टुङ्गो लाग्नेछ । बुधबार रोइङका ६ वटा स्पर्धाका स्वर्ण पदकको टुङ्गो लाग्नेछ । सम्भवतः बुधबारको सबैभन्दा महत्वपूर्ण खेल पनि यही हुने छ ।

रोइङमा कुनै एक देशको पकड त देखिँदैन । यी ६ स्वर्ण पदकलाई सबैले ध्यानपूर्वक हेरेका छन् ।

रग्बी सेभेनको पनि बुधबार पदकको टुङ्गो लाग्ने छ ।

बुधबार टेबल टेनिसमा कुनै पनि पदकको टुङ्गो लाग्दैन । क्वार्टर फाइनलसम्मका खेल बुधबार सकिने छन् । टेनिसमा पुरुष युगल र महिला युगलका क्वार्टर फाइनल खेल हुने छन् । भारोत्तोलनको पुरुष ७३ किलो तौल समूहको खेल हुनेछ ।

बुधबार नै बक्सिङका केही प्री क्वाटर फाइनल र पहिलो चरणका खेल हुनेछन् । महिला ५७ किलोको क्वार्टर फाइनल खेल भने बुधवार नै हुने ।

यस प्रतियोगितामा अनपेक्षित राम्रो प्रदर्शन गरिरहेको रुसी ओलम्पिक कमिटीको टोली केही कुरामा भाग्यमानी पनि साबित भएको छ । जिम्न्यास्टिकमा पुरुष र महिला दुवैमा विपक्षी प्रमुख खेलाडी घाइते हुन या अस्वस्थ हुनु उनीहरूका लागि थप भाग्यको विषय बनेको थियो ।

दुवैको टिम स्पर्धामा स्वर्ण पदक जितेको रुसी टोलीको प्रदर्शन पनि चासाको विषय हो ।

विभिन्न कोर्टमा विभिन्न खेलको परिणाम आए पनि धेरैको चासो अमेरिकी जिम्न्यास्ट सिमोन वाइल्सकोे स्वास्थ्य अवस्था र उनी अबको स्पर्धामा सहभागी हुने कि नहुने भन्ने विषयमा केन्द्रित हुनेछ ।

अमेरिकी जिम्न्यास्टिक टोलीले अहिलेको वाइल्सको स्वास्थ्यबारे केही केही जानकारी गराएको छैन । वाइल्सप्रति सधैँ सम्मान रहने र रजतका लागि पनि गर्व गर्नुपर्ने अमेरिकी टोलीको भनाइ छ ।

बुधबार वाइल्सको स्वास्थ्य रिपोर्ट, उनको अबका खेलमा सहभागिताबारे विषयमा धेरैको चासो रहेको छ । अलराउन्डमा अमेरिकाकै सुनिसा लीले वाइल्सको अनुपस्थितिमा स्वर्ण जित्ने सम्भावना रहेको छ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन