एक सातामा एक हजार ५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दावी | Khabarhub Khabarhub

एक सातामा एक हजार ५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दावी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा गत एक सातामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको सेनाले दाबी गरेको छ ।

सो क्रममा ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ ।

एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् ।

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ ।

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ । बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

सेनाको उक्त भनाइ अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाइ आइरहेका समय आएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ४१ बजे

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम